तपाईँ सुन्दै हुनुहुन्छः

समायोजन भनेको सरुवा होइनः मन्त्री पण्डित

तुलसी सापकोटा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनलाई सरुवाका रुपमा बुझ्न नहुने बताउनुभएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिमा आज भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धी विधेयक माथिको छलफलका क्रममा सांसदहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री पण्डितले संविधान अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको समायोजन विधेयकमा भएको व्यवस्था अनुसार व्यवस्थापन हुने बताउनुभयो ।

मन्त्री पण्डितले संघीय निजामति सेवासम्बन्धी ऐन निर्माण पश्चात संघले प्रदेश र स्थानीय तहको कर्मचारी सम्बन्धी आधार र मापदण्ड तयार पार्ने र त्यसका आधारमा प्रदेश र स्थानीय तहले आफ्नो कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन बनाउन सक्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button