तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई हात्ते ट्याक्टर

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कृषक समुहलाई हाते ट्क्याटर वितरण गरेको छ । पछिल्ला दिनमा कृषकहरुले गोरु पाल्न छाडेका छन् । घरमा गोरु नहुँदा समयमा खेती लगाउन समस्या भैरहेको अवस्थालाई मध्यनजर गर्दै किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले हाते ट्याक्टर वितरण गरेको हो ।
सिद्धिचरण नगरपालिका अन्तर्गत कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा नगरपालिकाका विभिन्न कृषक समुह, कृषि सहकारी, अगुवा कृषकलाई खेतबारी जोत्ने हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नगरपालिका भित्रका ११ जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ ।
नगरपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ट्याक्टर खरिदमा ७ लाख ६५ हजार खर्च भएको छ । त्यस्तै, कृषि क्षेत्रमा काम गरिरहेको संस्था हेल्भेटास्को सहयोगमा १३ वटा फ्रुट स्प्रे र माटो ड्रिलिङ मेसिन वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button