तपाईँ सुन्दै हुनुहुन्छः

मिडियाप्रति दुश्मनी छैनः सञ्चारमन्त्री बाँस्कोटा

कृष्णउदास खनाल, मकवानपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मिडिया प्रति सरकारको कुनै दुश्मनी नरहेको बताउनु भएको छ ।

हेटौंडाको हुप्राचौरमा निर्माण भएको डिजाष्टर रिकभरि डेडा सेन्टरको आज हेटौंडामा उद्घाटन गर्दै उहाँले अन्य देशको तुलनामा नेपालमा पूर्ण स्वतन्त्रता रहेको उल्लेख गर्दे संचार क्षेत्रले फिर्ता लिनुपर्छ भनिएको कानुन पेश नै नगरिएको बताउनु भयो ।

मत्री बाँस्कोटाले विधेयकमा डेढ करोड रुपैयाँ सम्म जरिवाना भनेर कही कतै नतोकिएको स्पष्ट पार्नुभयो । उहाँले सञ्चार क्षेत्रमा विदेशी लगानी प्रतिवन्ध गरिने उल्लेख गर्नुभयो ।

चीन सरकारको सहयोगमा हेटौंडा उपमहानगरपालिकाको नगर विकास क्षेत्रको १० कठ्ठा क्षेत्रफलमा बनेको सो डाटा सेन्टर ३७ करोडको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button