तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै विद्यालयले प्राविधिक शिक्षा शुरु गर्नुपर्छ’

नवराज छत्कुली । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले सवै विद्यालयहरुले प्राविधिक शिक्षा शुरु गर्नुपर्ने बताउनु भएको छ ।

धादिङ जिल्लाको पहिलो नीलकण्ठ माद्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे भवन उद्घाटन र हस्तानतरण कार्यक्रममा सभापति देउवाले विद्यार्थीहरुको सुनौलो भविष्यका लागि अव गाउँ गाउँबाट प्राविधिक शिक्षाको पठनपाठन शुरु गर्नुपर्ने बतानउनुभयो ।

विनाशकारी भुकम्पले विद्यालयमा क्षति पुगेपछि गरिवी निवारणको लागि जापानी कोषको अनुदान र एसियन विकास बैङ्को करिव ८ करोड रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button