तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय समितिमा शरणार्थीबारे छलफल

काठमाण्डौ । प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा कानुन न्याय तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकालले मानव अधिकारको संरक्षण र शरणार्थी समस्याका बारेमा गृहमन्त्रालयसँग समन्वय गरी कानुन बनाईने बताउनुभएको छ ।

मन्त्री ढकालले वैज्ञानिक र विधिसम्मत ढंगले राष्ट्रको एकिकृत धारणा अनुरुप शरणार्थी सम्बन्धी कानुन निर्माण गरिने बताउनुभयो ।

बैठकमा रोहिंगा , भुटानी शरणार्थी र अन्य तेश्रो मुलकबाट आएका शरणार्थी सम्बन्धी मानव अधिकारवादी गोपालकृष्ण शिवाकोटीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, बैठकमा महान्याधिवक्ताको कार्यालयबाट प्रस्तुत वार्षिक प्रतिवेदन र प्रशासकीय अदालत सम्बन्धी राष्ट्रियसभाबाट पारित भई आएका केही ऐनको बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button