तपाईँ सुन्दै हुनुहुन्छः

विकासका ढाँचामा पुनरावलोकन गर्ने बेलाः राष्ट्रपति भण्डारी

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका ढाँचामा पुनरावलोकन गर्ने बेला आएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’को आज चीनको बेइजिङमा आयोजित तेस्रो सत्रको छलफलमा राष्ट्रपति भण्डारीले अबको बाटो भनेको हरित अर्थतन्त्रको विकास भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा जलविद्युतका माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचूर सम्भावना रहेकाले त्यसबाट नेपाललगायत छिमेकीको समेत हरित विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

उहाँले नेपाल अहिले बीआरआइसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button