तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाका मागबारे भोलि वार्ता हुने

प्रमोद । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते सरकारसमक्ष बुझाएको २२ बुँदे मागका बारेमा भोलि सरकारसँग वार्ता हुने भएको छ ।

सरकारका तर्फबाट कानूनमन्त्री भानुभक्त ढकालले हिजो राप्रपालाई एक पत्र लेखी भोलि वार्तामा आउन आमन्त्रण गर्नुभएको थियो ।

राप्रपाले सरकारको पहलकदमीलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्न राप्रपाले वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा सदस्य रहनु भएको वार्ता समिति गठन गरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button