तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यलाई समाज परिवर्तनको काममा उपयोग गर्नुपर्छ :उपसभामुख

काठमाडौँ-उपसभामुख डा:शिवमाया तुम्बाहाम्फेले साहित्यलाई समाज परिवर्तनका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १०औँ साधारणसभामा उपसभामुख तुम्बाहाम्फेले मिश्रकै साहित्यिक योगदानका कारण हामी आज स्वतन्त्र भएर हिँड्न पाएको बताउनुभयो । “जनताको अधिकारलाई पूरा हुन दिनुपर्छ भन्ने उहाँको भनाइलाई सबै मिली साथ दिनुपर्छ”, उहाँले भन्नुभयो । मिश्र जस्ता स्वाभिमानी कवि कतै पनि नपाइने साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । “मिश्रलाई सरकारसँग आत्मसमर्पण गर्न पटक–पटक आग्रह गरियो, तर उहाँ कहिल्यै झुक्नुभएन”, दुवालले स्मरण गर्नुभयो । शुक्रबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष साहित्यकार अनिल पौडेलले आफ्नो कार्यकालमा प्रतिष्ठानले थुपै्र काम गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button