तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा मलेसिया पराजित

 

काठमाडौं । नेपालले मलेसियामा जारी आई सी सी अण्डर १९ विश्वकप छनोट एशिया क्षेत्रको आफ्नो तेस्रो खेलमा मलेसियालाई सहज ढङ्गले पराजित गरेको छ । किनराराको क्वालालम्पुर ओभलमा सोमबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

हिलो ब्याटिङ्ग गरेको मलेसियाले ३३.५ ओभरमा मात्र ९२ रन बनाउँदा सबै विकेट गुमाउन पुुग्यो । नेपालका पवन सराफ र कुुशल मल्लले ३–३, कमल सिंह ऐरीले २ तथा सागर ढकालले १ विकेट लिएका थिए । ९३ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो ।

नेपालका लागि शुरुआती ब्याट्स् म्यान रित गौतमले अविजित रहेर ३९, पवन सराफले १९, आसिफ सेखले २६ र कप्तान रोहित कुमार पौडेलले अविजित रहेर एक छक्का प्राहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । पहिलो खेलमा सिंगापुरलाई १ सय २७ रनको फाराकिलो अन्तरले पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण डक वथै लुईसको माध्यमबाट यु ए ई सँग १ रनले परजित भएको थियो । नेपालको अर्को खेल अप्रिल १६ तारिखमा ओमानसँग र अन्तिम खेल अप्रिल १८ तारिखमा कुवेतसँग हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button