तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जनतामा उत्साह दिन सकेनः काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षे कार्यकालले जनतामा उत्साह दिन नसकेको आरोप लगाएको छ ।

पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले नयाँ वर्षमा देशबाशीका नाममा सम्बोधन गर्दा सरकारको विरोध गर्नेलाई वृद्धवृद्धा र युवाले ढुंगा बर्साउँलान् भनेर प्रतिपक्षी दलहरूप्रति गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको, प्रदेशको मागअनुसार बजेट विनियोजन नभएको, मुख्यमन्त्रीलाई प्रर्याप्त अधिकार दिन नसकेको र प्रधानमन्त्री कार्यालयमा अनावश्यक शक्ति केन्द्रिकृत गरेकोे आरोप लगाउनुभयो ।

प्रवक्ता शर्माले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता रहने संविधानले परिकल्पना गरे पनि सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा निर्णय गरेर सरकारले गल्ती गरेको वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button