तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल कला,संस्कृति र मुलुकलाई जोड्ने महत्वपूर्ण सेतु : मन्त्री बास्कोटा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल आम जनताको प्रतिनिधित्व गर्ने प्रसारण संस्था भएकाले यसले निरन्तर देश र जनताको आवाज बोक्नु पर्नेमा जोड दिनुभएको छ । रेडियो नेपालको ६९ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले  रेडियो नेपाल कला, संस्कृति र मुलुकलाई जोड्ने  महत्वपूर्ण सेतु भएको बताउनुहुँदै  अब रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थाका रुपमा परिवर्तन गरिने जानकारी दिनुभयो । रेडियो नेपालले आवाजविहिनहरुको आवाज बोल्न आन्तरिक क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुहुँदै  मन्त्री बाँस्कोटाले अबको एक वर्षमा रेडियो नेपालमा आमूल परिवर्तन आउनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

   कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले प्रसारणका क्षेत्रमा गरेको एक वर्षको कार्यक्रमको विवरण प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button