२०७८ साल असोज ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन...

१ दिन अगाडि रेडियो नेपाल

कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

काठमाडौं । कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ । ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।...

१ दिन अगाडि रेडियो नेपाल

हास्यव्यङ्ग्यकार अर्यालको ८६औँ जन्मजयन्ती मनाइयो

काठमाडौं ।नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उहाँको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइयो । भैरव पुरस्कार गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले हास्यव्यङ्ग्य साहित्यका श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उहाँका रचना कालजयी भएको बताउनुभयो ।...

५ असोज , २०७८ रेडियो नेपाल

श्री रामाजुजाचार्य एवम् विशिष्टाद्वेत दर्शन तथा यतिन्द्रमतदीपिका ग्रन्थ लोकार्पण

काठमाडौँ । श्री वैष्णव युवा परिषद् नेपालद्वारा प्रकाशित श्री रामाजुजाचार्य एवम् विशिष्टाद्वेत दर्शन तथा अन्तर्राष्ट्रिय श्री सम्प्रदाय मञ्चद्वारा प्रकाशित यतिन्द्रमतदीपिका ग्रन्थ लोकार्पण गरिएको छ ।  श्री वैष्णव परिषद् नेपालद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, परिषद्का अध्यक्ष...

१ असोज , २०७८ अच्युत अर्याल

कोभिडका कारण बन्द रहेका स्याङ्जाका धार्मिक तथा ऐतिहासिक मन्दिर खुल्न थाले

स्याङ्जा । कोभिडका कारण वैशाखदेखि बन्द रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरू खुला भएका छन् । कोरोना भाइरसको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिएपछि वैशाख अन्तिमदेखि बन्द रहेका यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरू खुल्न थालेका हुन् ।  गण्डकी प्रसिद्ध धार्मिक स्थल...

१ असोज , २०७८ कला राना

पाँच महिना देखि बन्द पाथीभरा आज देखि दर्शनका लागि खुल्ला

ताप्लेजुङ । कोभिड–१९ का कारण पाँच महिना देखि बन्द ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा आज देखि भक्तजनका लागि खुलेको छ । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै पाँच महिना देखि बन्द मन्दिर दर्शनका लागि खुल्ला भएको हो । बन्द खुले सँगै आज...

१ असोज , २०७८ माला पालुङवा

नेपाल–इयू चलचित्र महोत्सव शुक्रवारदेखि

काठमाडौँ ।  नेपाल र युरोपेली सङ्घ ९इयू०बीच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको दशौँ शृङ्खला शुक्रवारदेखि प्रारम्भ हुने भएको छ । कोभिड महामारीका कारण भोलिदेखि...

३१ भदौ , २०७८ रेडियो नेपाल

चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

खोटाङ । कोरोना भाइरसका कारण चार महिनादेखि बन्द गरिएको खोटाङको हलेसी मन्दिर खुला गरिएको छ । कोभिड–१९ को संक्रमण दर घट्दै गएकाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकको निर्णय अनुसार सोमबार बिहानदेखि हलेसी मन्दिरमा पूजाआजा सुरु गरिएको...

२८ भदौ , २०७८ दिलीप खत्री

पत्रकार प्रियदर्शीको शालिक अनावरण

सिन्धुपाल्चोक । पत्रकार कञ्चन प्रियदर्शीको स्मृतिमा पिपलडाँडामा शालिक एवं उद्यान निर्माण गरिएको छ । बागमती प्रदेशसभा सदस्य युवराज दुलालले शनिबार शालिकको अनावरण गर्दै प्रियदर्शीले पत्रकारिता र साहित्यको माध्यमबाट समाज परिवर्तनका लागि व्यतित गरेको अमूल्य समयलाई भुल्नु हुँदैन भन्नुभयो ।...

२७ भदौ , २०७८ रेडियो नेपाल

जीतपुरमा गणेश चतुर्थी सुरु, महोत्सव २९ गतेसम्म मनाइने

बारा । हिन्दु धर्मावलम्बीहरुले मनाउने गणेश चतुर्थीको शुभ अवसरमा बारा, पर्साको विभिन्न स्थानमा धूमधामका साथ शुक्रवारदेखि ५ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ । बाराको जीतपुर र वीरगन्जको घरियर्वा पोखरीमा शोभा यात्रा निकालेर भव्य...

२५ भदौ , २०७८ रञ्जन यादव
1 2 3 73