तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : आवेदन आह्वान 

काठमाडौँ । विश्व रङ्गमञ्च दिवसको अवसरमा मण्डला थिएटर नेपालले घोषणा गरेको ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटकको आवेदन खुल्ला गरेको छ ।

गत चैत १४ गते मार्च (२७) विश्व रङ्गमञ्च दिवसको दिन मण्डला थिएटर नेपालले घोषणा गरेको ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ले राष्ट्रिय नथा अन्तर्राष्ट्रिय नाटकको आह्वान गर्दै आवेदन खुल्ला गरेको जानकारी गरेको हो । साथै यसपटक नाटकका अलवा कार्यक्रमहरूका लागि पनि निटफेस्टले खुल्ला आवेदन आह्वान गरेको छ । 

निटफेस्टको आधिकारिक वेबसाइट www.nitfest.org मार्फत आह्वान गरेको आवेदनका लागि देश, विदेशबाट विभिन्न विधा तथा शैलीका नाटकहरूले आवेदन भर्न सक्नुहुनेछ ।  निटफेस्टले यसपटक बाल–नाटकको छुट्टै मञ्चन सेक्सन राख्ने गरी बाल–नाटकहरू पनि आह्वान गरेको छ । जसमा व्यावसायिक रङ्गकर्मीहरूले विभिन्न उमेर समूहका बालबालिका लक्षित गरी निर्माण–सिर्जना गरेका नाटकहरू समावेश हुनेछन् । नाटकका लागि आउँदो मे ३१ सम्म निटफेस्टको वेबसाइटमा उपलब्ध गुगल फारम  ( https://forms.gle/6JVWHySZnbhTkKH99) भरेर नाटकको भिडियो सहित आवेदन दिइसक्नुपर्नेछ । 

निटफेस्टलाई साझा मञ्चको रुपमा स्थापित गर्न न्यूनतम खाकासहित व्यक्तिगत वा संस्थागत रुपमा कार्यक्रमको प्रस्ताव पनि आवेदन दिन सक्ने प्रबन्ध गरेको आयोजकले बताएको छ ।  त्यस्ता कार्यक्रमहरूमा कार्यशाला, सेमिनार, प्यानल डिस्कसन, साङ्गीतिक, नृत्य, साँस्कृतिक प्रस्तुतिहरू, विविध कला, साहित्य तथा र रङ्गमञ्च सम्बन्धित प्रदर्शनीहरू आदि हुन सक्नेछन् । यसका लागि गुगल फारम  ( https://forms.gle/buoyq9fqqV6uqwHt7) मार्फत आउँदो जुन ३० सम्म आवेदन दिन सकिनेछ । 

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च: रैथाने ज्ञानको उज्यालो’ भन्ने मूल भावका साथ तेस्रो निटफेस्ट मण्डला थिएटर नेपालको आयोजनमा २०८१ को चैत ३ देखि १४ गतेसम्म काठमाडौँमा हुने हुनेछ । साथै समानान्तर रुपमा काठमाडौँका विभिन्न सहरमा दुईदेखि तीन दिनको समानान्तर महोत्सवको पनि निटफेस्टले संयोजन गर्ने आयोजकले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button