तपाईँ सुन्दै हुनुहुन्छः

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

काठमाडौँ । साहित्यकार स्वर्गीय तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” आज सार्वजनिक गरिएको छ ।

स्व.कोइरालाले चार दशक अघि आफ्नो जेल जीवनमा लेख्नुभएका डायरीबाट उतारेर उहाँको परिवारले उक्त उपन्यास प्रकाशित गरेको हो ।

स्व. कोइरालाका सुपुत्र स्व.ज्योतिप्रसाद कोइरालाको निवास बौद्धमा आज आयोजित कार्यक्रममा उक्त उपन्यास लोकार्पण गरिएको छ।

कार्यक्रममा स्व.ज्योति प्रसाद कोइरालाको “मैले देखे भोगेका कुरा” नामक आत्मकथा समेत लोकार्पण गरियो ।

कार्यक्रममा स्व.तारिणीप्रसाद कोइरालाकी बुहारी इन्दिरा कोइरालाले स्वर्गीय कोइरालाका अप्रकाशित कृतिहरू प्रकाशित गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रेडियो नेपालका संस्थापक समेत रहनुभएका स्व. तारिणीप्रसाद कोइरालाका रातो स्वेटर, सर्प दंश, फालिएको सामान, अग्निवाटिका, नैनी (महाकाव्य), तारिणीका कविता र तारिणीका कथा कृतिहरू यसअघि नै प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button