तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा पानीको बहाव बढ्यो, आसपासका बस्ती उच्च जोखिममा

कञ्चनपुर । निरन्तरको वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेको छ । नदिमा पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका केही बस्ती उच्च जोखिममा रहेका छन् । 


महाकाली नदीमा शनिबार बिहान पानीको बहाव १ लाख ७० हजार क्युसेक रहेको थियो । यद्यपि दिउँसो दुई बजे गरिएको मापनमा पानीको बहाव बढेर १ लाख ९१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो । 


पहाडी जिल्लाहरूमा अझै अविरल वर्षा भइरहेकोले नदिमा पानीको बहाव थप बढ्ने हुँदा नदी किनारका बस्तीमा बसोबास गरिरहेका नागरिकहरूलाई सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । 


महाकाली नदिमा पानीको बहाव बढेसँगै गए राति भीमदत्त नगरपालिका वडा नम्बर १२ ऐरी र दोधारा चाँदनी नगरपालिकाका केही बस्तीका दर्जनौँ घरमा पानी पसेको थियो । 


महाकालीमा पानीको बहाव बढेपछि निर्माणाधीन चार लेनको पक्की पुल र पहुँच मार्गमा रहेका केही संरचनामा समेत क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button