तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोलीसहित मन्त्री दुलाल बाह्रबिसे आउँदै

मेलम्ची । जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप सङ्क्रमरण फैलिन नदिनका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल विज्ञ संलग्न सहितको टोली आज बाह्रविसे आउन लागेको मन्त्रालयले जनाएको छ ।

टोलीले मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने जनाएको छ ।

दिन प्रतिदिन बढिरहेको कोरना भाइरसको रोकथाम नियन्त्रण र थप सङ्क्रमरण फैलिन नदिनको लागि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री मन्त्रालयको विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोलीको अझै प्रभावकारी सक्रियताले कोरोनाबाट हुने जोखिमलाई कम गर्न सकिने मन्त्रालयको स्वास्थ्य टोलीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button