तपाईँ सुन्दै हुनुहुन्छः

काेराेना कहरः विश्वभर २ लाख ८७ हजारभन्दा बढीकाे मृत्यु

काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ५२ हजार नाघेको छ ।

वल्डोमिटरर्सको नेपाली समयानुसार मंगलबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ४ सय ३ जनाको ज्यान गएको छ । अघिल्लो दिन ४ हजार २४८ जनाको मृत्यु भएको थियो ।

प्राप्त समाचार अनुसार विश्वभर ४२ लाख ५२ हजार ४३ सय २५ जना काेराेनाबाट संक्रमित भएका छन् । भने पछिल्लाे २४ घन्टामा ७४ हजार बढी संक्रमित थपिएका छन् । विश्वभर करिब ४६ हजार ९ सय ३९ मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने १५ लाख २६ हजार ९ सय ७५ जना उपचा।पछि घर फर्किएका छन् ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८ जनाको जनाको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ ७ सय ५० जनाको मात्र मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८१ हजार ७९५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७५, स्पेनमा २४३ र फ्रान्समा २६३ जनाको ज्यान गएको छ ।

नेपालमा भने पछिल्लाे २४ घन्टामा २४ जना नयाँ संक्रमित थपिएका छन् । याे संगै नेपालमा जम्मा संक्रमित १ सय ३४ पुगेकाे छ भने ३३ जना उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button