तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा हालसम्म पाँच सयको आरडिटी र २५ जनाको पिसिआर परीक्षण

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म पाँच सय जनाको आरडिटी र २५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ६ का २६ बर्षिय युवामा कोरोना संक्रमण पोजेटिभ भेटिएपछि उनीसँगको सम्पर्कमा रहेका र बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बैदेशिक रोजगारीबाट आएका र अन्य बाहिरी जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण समेत भइरहेको बताउनुभयो ।

जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रहेका ९८ जनाको पनि शनिवार आरडिटी परीक्षण सकिएको छ । रिपोर्ट नेगेटिभ देखिएकाले उनीहरु सबै आ–आफनो घर गएका छन ।

गाउँपालिकाको वडा नम्वर १ याङपाङका १७ जना, वडा नम्वर ३ प्याउलीका का १५ जना, वडा नम्वर ४ चरम्वीका १२ जना, वडा नम्वर ५ याकुका ४ जना, वडा नम्वर ६ जरायोटारका २४ जना र वडा नम्वर ७ सिक्रेटारका २६ जना गरी ९८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । उनीहरु हालसम्म क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी र ज्वरो परिक्षण गर्दा कुनै समस्या नदेखिएकोले होम क्वारेन्टाइनमा पठाइएको हो ।

बाँकी ४५ जनाको पनि क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी र ज्वरो परीक्षण गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button