तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने एक सय १५ जना प्रहरीको नियन्त्रणमा

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्ने एक सय १५ जनालाई नियन्त्रणमा लिएको छ ।

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने र अत्यावश्यक बाहेक बाहिर निस्कने तनहुँको दमौलीबाट एक सय १५ जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताउनुभयो । शनिबार र आइतबार प्रहरीले गरेको कारवाहीका क्रममा ठूलो संख्याका दमौलीका स्थानीय बिहान पक्राउ परेका हुन् ।

दिउँसो हिंडडुलमा कमी आएपनि बिहान भने मर्निङवाक गर्नेको संख्या बढेपछि तनहुँ प्रहरी कडा रुपमा उत्रिएको हो ।

शनिबार ४५ को जना र स्थानीयलाई प्रहरी कार्यालयमा केही समय नियन्त्रणमा राखेर छाडिएको थियो । तर आइतबार झन् धेरै निस्केपछि उनीहरुलाई करिब तीन घण्टा नियन्त्रणमा राखे पश्चात फेरि बाहिर ननिस्कने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताउनुभयो ।

आइतबार ७० जना लिइएको प्रमुख सिलवालले जानकारी दिनुभयो ।

’अब झन कडा बनाउदै जान्छौँ।’ प्रमुख सिलवालले भन्नुभयो ’ लकडाउन उल्लंघन गर्ने लाई कारबाही गर्नेछाँै ।’ कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबारदेखि तनहुँमा जिल्ला बाहिरबाट तरकारी र फलफूल आयातमा पनि प्रतिबन्ध घोषणा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button