तपाईँ सुन्दै हुनुहुन्छः

देशका सबै जिल्लामा द्रुत परीक्षण शुरुः स्वास्थ्य मन्त्रालय

राजेन्द्र विक्रम शाही । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७७ वटै जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण शूरु भएको जनाएको छ ।

द्रुत परीक्षणका क्रममा केही जिल्लाबाट पोजेटिभ नतिजा आएकाले पुनः पिसीआर प्रविधिबाट नमुना परीक्षण भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

परीक्षणको दायरा बढाउने क्रममा हालसम्म देशभर कुल २७ हजार ४ सय ७१ जनाको नमुना परीक्षण गरीएकोमा ३० जनामा संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ८ हजार १७ जनाको पिसिआर मेसिनबाट र छिटो विधिबाट १९ हजार चार सय ५४ जनामा परीक्षण भएको जनाकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा ६ सय २ जनाको पिसीआर मेसीन र छिटो विधिबाट २ हजार ८ सय ८९ जनाको परीक्षण भएको बताउनुभयो ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका र १ सय १७ जनालाई आइसोलेसमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयले स्थापना गरेको मोबाइल एप्स र वेभसाइटमा आफ्ना लक्ष्णबारे जानकारी दिनेमध्ये रेड जोनमा रहेका २ सय ५४ जनाको ट्रसिङ्ग भइरहेको छ ।

हिजो कोरोना कोरोना संक्रमण पुष्टि भएका १४ जनाको कन्ट्रयाक्ट ट्रेसिङ्गका लागि टोली खटाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले लकडाउनका कारण घरमै बस्दा बालवालिका र किशोर किशोरीहरुमा मानसिक समस्या देखिन सक्ने भएकाले परीवारका सदस्य बिचमा सिर्जनात्मक र मनोरञ्जनात्मक गतिविधिमा ध्यान दिन आग्रह गर्नुभयो ।

संक्रमित मध्ये २८ जना मध्ये विराटनगरमा १२ जना टेकुमा १ जना, पाटनमा २ जना, बाग्लुङ्गमा २ जना, धनगढीमा ५ जना, वीरगञ्जमा ४ जना र भरतपुरमा २ जना उपचार भइरहेको छ ।

२ जना निको भएर घर फर्किएका र उपचाररत २८ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button