तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मुगु। अबिरल बर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । लगातारका बर्षाका कारण कालिकोट जिल्लाको काले खोला सडक खण्डको ३० मिटर जतिको सडक खण्डमा चट्टान सहितको पहिरो खस्दा शनिवार रातीदेखि उक्त सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख शरणकुमार महताराले जानकारी दिनुभयो ।
शनिवार राती साढे ९ बजे तिर चट्टान सहितको पहिरो खसेको बताईएको छ । सडक अवरुद्ध भएपछि अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय जुम्लाको टोली त्यसतर्फ खटाईएको र सडक खुलाउने काम हाल भैरहेको डभिजन प्रमुख महताराले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि मुगु तथा जुम्ला जाने दर्जनौ मालबाहक गाडीहरु बीच बाटोमा नै अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button