नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
बारा । बारा प्रहरीले नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहर भन्ने ठाउँबाट नक्कली नोट १२ लाख १६ हजारसहित दुई जनालाई पक्राउ गरेको हो ।
चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
खटिएको उक्त प्रहरी टोलीले बारागढी गाउँपालिका वडा नं. ५ सिघासनी बस्ने वर्ष २३ को बलिराम चौधरी र उनीसँगै रहेका बा.६४प ९७०६ नंम्बरको मोटरसाइकलमा सवार भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने वर्ष २७ को सन्दिप कुमारलाई पक्राउ गरेको छ ।
सन्दिपले बोकेकोपहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा नेपाली नक्कली नोट बरामद गरिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त नोटहरु ३० थानको मोबाइल बिक्री गर्दा प्राप्त भएको बुझिएको छ ।
खरिद गर्ने मोबाइलकर्ताहरुले त्यो नक्कली नोट दिई फरार भएका छन् । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ भने फरार रहेकाहरुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्