सगरमाथा संवाद सम्बन्धी छलफल
काठमाडौँ । ‘सगरमाथा संवाद’ आयोजक समितिको पहिलो बैठक आज परराष्ट्र मन्त्रालयमा बसेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले आगामी शुक्रबार ‘सगरमाथा संवाद सञ्चालक समिति’ र ‘सगरमाथा संवाद आयोजक समिति’ को संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत उपस्थित हुनुहुन्थ्यो ।
नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान घोषणा पछि प्राप्त राजनीतिक स्थायित्व तथा उपलब्ध लगानीका अथाह अवसरबारे विश्व समुदायलाई जानकारी दिने उद्देश्यले सरकारले आगामी फागुनमा ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको छ ।
प्रतिक्रिया राख्नुहोस्