नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा बम विस्फोट
बुटवल। प्रदेश नं. ५ का नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट भएको छ । सैनामैना नगरपालिका–७ स्थित ढकालको घरमा अज्ञात समूहले गएराति ३ वटा बम विस्फोट गराइएको हो ।
ढकालको घर र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ भने घरको कोठामा भने क्षति भएको छैन । प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्