तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा एकैदिन थपिए ९५ कोरोना संक्रमित

राजेन्द्र बिक, बाजुरा | बाजुरामा अहिले सम्मकै उच्च कोरोना संक्रमित थपिएका छन्। आज एकैदिन ९५ जनामा कोरोना पुष्टि भएको छ ।

शिक्षण अस्पताल काठमाडौ प्रयोगशालामा भएको परीक्षणमा २९ महिला र ३४ जना पुरुष गरी जम्मा ६३ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा भएको परीक्षणमा ११ महिला र २१ जना पुरुष गरी जम्मा ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भएको छ ।

दुबै प्रयोगशालामा गरिएको परिक्षणमा आज एकैदिन जम्मा ९५ जनामा कोरोना पुष्टि उहांले बताउनु भयो । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या २८७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button