तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी गाँउपालिकामा अन्तराष्ट्रिय मापदण्डको हेल्थ डेक्स सञ्चालनमा ल्याइने

मेलम्ची । कोरोना भाइरस (कोभिड १९)ले विश्वब्यापी महामारीको रुप लिइरहेकोले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा अन्तरष्ट्रिय मापदण्डको ‘हेल्थ डेक्स’ सञ्चालनमा ल्याइने भएको छ ।

आज (शनिवार) बसेको जनप्रतिनीधिहरुको बैठकले डब्लु एच ओ को मापदण्ड अनुरुप हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले औषधी तथा अत्यावश्यक सामाग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ ।
गाँउपालिकामा कोही कसैलाई कोरोना भाईरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण बढेमा धुलिखेल अस्पताल पठाईने ब्यवस्था मिलाउने पनि पालिकाले निर्णय गरेको छ ।

कोरोना भाईरस जाँच गर्ने तथा अन्य स्वास्थ्य सामाग्रीसहितका सामाग्री तातोपानी भन्सारबाट आँउदै गरेकोले गाँउ कार्यपालिकाको बैठक बसी थप सरक्षा सावधानीबारे छलफल गर्ने गर्ने भएको छ ।

‘गाँउ कार्यपालिका र ब्ययसायीहरुसँग छलफल गरी थप सुरक्षा सावधानीको व्यवस्था मिलाउँदै छौ,’ गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले भन्नुभयोे, ‘डब्लु एच ओ को मापदण्ड अनुसार हेल्थ डेक्स सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ ।’ सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button