तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सिमामा गोली चल्यो

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दशगजामा गोली चलेको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबिले नेपालको सिमामा पसेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । कवाडीका मालसामान रहेका बोराहरू बोकी ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबिले गोली चलाएको स्थानीयको भनाइ छ ।

पर्सा प्रहरीले गोलीको खोका बरामद भएको तर कस्ले चलाएको प्रष्ट नभएको जनाएको छ। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button