तपाईँ सुन्दै हुनुहुन्छः

अरिङ्गालको टोकाइबाट एकको मृत्यु एक घाइते 

बाजुरा । बाजुरामा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ।

बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६५ वर्षीय अंगे बडूवालको अरिगांलको टोकाईबाट मृत्यु भएको हो ।भैसिगोठमा अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा अरिङ्गालको टोकाईबाट बडूवालको घटना स्थलमै मृत्यु भएको स्थानीय बिपना थापाले बताउनुभयो ।

  अरिङ्गालको घर भत्काउने क्रममा  गम्भीर घाइते भएका अर्का  ६० वर्षीय स्थानीय डम्म साउद  प्राथमिक उपचार पश्चात् सामान्य भएको  स्थानीय कलक साउदले जानकारी दिनुभयो ।

  हिंउद याम शुरु भएसँगै गाई भैँसीलाई लेक बाट औल झार्ने समय शुरु भएसँगै भैँसी गोठ सरसफाइ गर्ने क्रममा अरिङ्गालको घर भत्काउन खोजिएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button