तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर दुई बालिकाको मृत्यु

मकवानपुर। शनिबार दिउँसो हेटौँडामा करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा-१६ स्थित एक कबर्ड हल नजिकै ११ केभी को विद्युत् लाइनको इन्सुलेटर भाँचिएर नजिकैको फलामे पोलमा सर्ट भएको करेन्ट लागेर बारा जिल्लाको निजगढ नगरपालिका-१ की ९ वर्षीया एक बालिका र हेटौँडा-१६ की ७ वर्षीया अर्की बालिकाको मृत्यु भएको हो । 

 पोलमा सर्ट भएको करेन्ट फेदमा जमेको पानीमा प्रवाह भएको अनुमान गरिएको छ। दुवै बालिका त्यस क्षेत्रबाट हिँडिरहेका बेला अचानक करेन्ट लागेको पानीमा टेक्न पुगेका थिए।

करेन्ट लागेर बेहोस भएका दुवै बालिकालाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याए पनि चिकित्सकले दुवै बालिकालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button