तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका पूर्व कार्यक्रम प्रस्तोता एवम् वरिष्ठ गीतकार विश्व वल्लभको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व कार्यक्रम प्रस्तोता एवम् वरिष्ठ गीतकार विश्व वल्लभको ८० वर्षको उमेरमा आज निधन भएको छ ।

एक हप्ताअघि मस्तिष्क घात भएपछि उहाँको काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँले रेडियो नेपालमा करिब तीन दशक लामो सेवा गरी २०५४ सालमा अवकाश लिनुभएको थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले उहाँको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै मुलुकले एक मूर्धन्य स्रष्टा गुमाएको बताउनुभएको छ । रेडियो नेपालले स्व.वल्लभप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button