तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा हाइस र मिनी ट्रक एकआपसमा ठोक्किँदा ८ जना घाइते 

डोटी । डोटीमा हाइस (इभी) र मिनी ट्रक एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज   सोमबार (बिहान) बजेको समयमा जिल्लाको जोरायल गाउँपालिका वडा न-२ बुडर स्थित भीमदत्त राजमार्गमा उक्त दुर्घटनामा परी घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा न-४ का ३२ वर्षीय विकास बम, सोही ठाउँ का क्रमशः १३ वर्षीय प्रिन्सीका बम, ९ वर्षीय कर्ण बम, ३४ वर्षीय निर्मला बम रहेका छन् । त्यस्तै घाइते हुनेमा क्रमशः बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा न- १ बस्ने २९ वर्षीय द्रोपती बिष्ट ९ महिनाको रियान्स बम, ३९ वर्षीय दिवाकर बम, वडा नम्बर ३ बस्ने ६३ वर्षीय बबिता बम रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईकाअनुसार धनगढीका घाइते बिकास बम, प्रिन्सीका बम, कर्ण बम, निर्मला बम र बैतडीका दिवाकर बमलाई धनगढी रेफर गरेको छ भने बाँकी घाइतेको स्थानीय स्वास्थ्य चौकी बुडरमा उपचार भइरहेको बताउनुभयो । 

धनगढीबाट बैतडी तर्फ जाँदै गरेको बैतडीको पुर्चौडी नगरपालिका वडा न-५ बस्ने  ३३ वर्षीय नर बहादुर बोहराले चलाएको सु.प.प्र. ०१ ००१ ज ०५२० न को (इभी) हाईस र विपरीत दिशाबाट आइरहेको चालक बैतडीको पाटन नगरपालिका वडा न- ०३ बस्ने ३२ वर्षीय पुष्कर सिंह बिष्टले चलाएको से १ ख १४०६ न को मिनि ट्रक एक आपसमा ठोक्किई दुर्घटना भएको हो । 

दुवै जना चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button