तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा नाबालिका हत्याकाण्ड: आवेगमा हत्या गरेको भण्डारीको स्वीकारोक्ति  

डडेल्धुरा। डडेल्धुराको पोखरा बजारमा भएको नाबालिका हत्यामा सोही ठाउँका ५८ वर्षीय स्थानीय टेकबहादुर भण्डारी संलग्न रहेको खुलेको छ । 

डडेल्धुरा  सदरमुकामबाट ७ किलो मिटर टाढा रहेको अमरगढी ७ पोखरामा बोरामा राखेर फालिएको अवस्थामा भेटिएको नाबालिका हत्याको आशङ्कामा भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीको नियन्त्रणमा रहेका भण्डारीले आफु आवेगमा आएर घाटी थिचेर हत्या गरेको स्वीकारोक्ति गरेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज आइतबार पत्रकार सम्मेलन मार्फत घटनाको सार्वजनिक गरेको छ । 

 अमरगढी नगरपालिका-७ पोखराकी १४ वर्षीया आरती भट्टराईलाई आफ्नै पसल भित्र भण्डारीले हत्या गरेको र हत्या पछि बोरामा राखेर शव व्यवस्थापन गर्ने क्रममा प्रयोग भएको म १ प १४५४ को मोटर बाईक नालीमा दुर्घटना भएको र सोही स्थानमा टोपी,चप्पल भेटिएको प्रमाणका आधारमा भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ श्रेष्ठले जानकारी गराउनुभयो । 

 एक बर्ष देखि मृतक नाबालिका र भण्डारीका बिचमा कापी किताब किन्ने निहुँमा भेटघाट हुने गरेको प्रहरीले बताएको छ । भण्डारीले आवेगमा आएर आफ्नै पसलभित्र हत्या गरेको स्वीकार गरेपछि थप अनुसन्धान भइरहेको र मृतक नाबालिकाका बुबा भारतबाट नआउँदा सम्म पोस्टमार्टम नगर्न भनेपछि आफन्तकै आग्रहमा अब अस्पतालमै राखिएको प्रनाउ श्रेष्ठको भनाई थियो । 

 मृतकका बुबा आजै पुग्दै छन् र पुग्ने बित्तिकै शवको पोस्टमार्टम हुने र बलात्कार पछि हत्या भएको होकी आवेगकै हत्या हो त्यसपछि मात्रै एकिन गर्न सकिने प्रनाउ श्रेष्ठले भन्नुभयो । नवरात्रिको साँझ नै ती बालिकाको हत्या भइसकेको र दशैको बिहान घटनास्थल पुगेर शव लगायत अन्य सबुत प्रमाण समेत प्रहरीले नियन्त्रणमा ल्याएर अनुसन्धान गरेको प्रहरीको भनाई छ । 

उग्रतारा माविमा कक्षा ६ मा अध्ययनरत भट्टराईको बलात्कार पछि हत्या भएको भन्दै दोषीलाई सार्वजनिक नगर्दा सम्म आन्दोलन जारी रहने स्थानीयको दबाबपछि प्रहरीले पत्रकार सम्मेलन मार्फत हत्याको आरोपित भण्डारीलाई सार्वजनिक गरेको हो । नाबालिका बलत्कारपछि हत्या गर्ने अभियुक्तलाई फाँसीको सजाय दिनुपर्ने भन्दै सयौँको सङ्ख्यामा आन्दोलित रहेका स्थानीयहरूले डडेल्धुरा  प्रहरी कार्यालय घेराउ गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button