तपाईँ सुन्दै हुनुहुन्छः

तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन मन्त्री पौडेलको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सङ्गठनको हेटौँडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गर्नुभएको छ ।

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा सङ्गठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा मन्त्री पौडेलले अनुसन्धान केन्द्रलाई नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डाक्टर टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

मन्त्री पौडेलले ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button