तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ टीकाको साइत आरम्भ

काठमाडौँ । विजयादशमीको टीकाको साइत आरम्भ भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो । समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । दसैँमा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिँदा दुर्गा भवानीले रक्षा गर्ने र सत्यको जित हुने मान्यता रही आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button