तपाईँ सुन्दै हुनुहुन्छः

काभा यु–२० च्याम्पियनसिपमा नेपालको दोस्रो जित

काठमाडौँ । नेपालले काभा यु–२० च्याम्पियनसिपमा दोस्रो जित हासिल गरेको छ । श्रीलङ्काको कोलम्बोमा मङ्गलवार भएको खेल नेपालले मालदिभ्सविरुद्ध ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले खेल २५–५, २५–१२, २५–२० ले आफ्नो पक्षमा पार्यो । जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । तर, उज्बेकिस्तानसँग भने ३–१ सेटमा पराजित हुन पुग्यो । नेपालले अब बिहीबार किर्गिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button