तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिले टीका तथा प्रसाद प्रदान गर्नुहुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपराह्न तीन बजेदेखि टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति पौडेलले शनिबार अपराह्न ३ बजेदेखि ३ः३० बजेसम्म विशिष्ट व्यक्ति र ३ः३० बजेदेखि ५ बजेसम्म इच्छुक अन्यलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले आज साँझ जारी जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले दिउँसो ३ बजेर ३० मिनेटपछि आधा घण्टा इच्छुक मन्त्री, सांसद, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्व, निजामती, जङ्गी, प्रहरी तर्फका अधिकृत स्तरसम्मका राष्ट्र सेवकलाई टीका तथा प्रसाद प्रदान गर्नुहुने प्रेस नोटमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले इच्छुक अन्यलाई अपराह्न ३ः३० देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गर्नुहुने प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button