तपाईँ सुन्दै हुनुहुन्छः

थप ५७ हिमाल आरोहणका लागि खुला

काठमाडौँ । सरकारले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन प्रवद्र्धनका लागि सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको बताउनुभयो । 

यस्तै सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत आयोजना तथा निकायका लागि कुल २ सय ६६ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकले दूरसञ्चार दशौँ संशोधन नियमावली २०८१ , शेयर तथा ऋण लगानी नीति २०८१ र बीउ बिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।  

यस्तै बैठकले हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, इजिप्टको कायरोमा हुने वल्ड उर्वन फोरममा सहभागी हुन उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीलाई  स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button