तपाईँ सुन्दै हुनुहुन्छः

कोशी बाँधमा दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी बाँधमा भएको दुर्घटना परी घाइते भएका एक जनाको मृत्यु भएको छ।

शुक्रबार भएको दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका विन्देश्वर पैकराको छोरा, मोटरसाइकल चालक २१ वर्षीय लक्ष्मण पैकराको उपचारको क्रममा मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २६ प ६४०१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र(१०२(००३ ह ३५२१ नम्बरको सिटीले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पैकराको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलको पछाडि सवार कञ्चनरुप नगरपालिका ७ का हिरालाल महतोकी छोरी अन्दाजी १९ वर्षीय की काजल भन्ने चन्दा मेहताको उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा सुनसरी कोशी गाउँपालिका ८ का सिटी चालक २० वर्षीय सन्तोष कामैत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button