तपाईँ सुन्दै हुनुहुन्छः

बौद्ध विश्वविद्यालयमा अब पढ्दै कमाउन सकिने

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयले पढ्दै कमाउँदै गर्ने गरि नयाँ ढङ्गको शैक्षिक कार्यक्रम शुरु गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटिजबिच बिएचटिएम कोर्सको सहकार्य भएपछि विद्यार्थीहरूले कमाउँदै पढ्दै गर्ने अवसर पाउने भएका हुन् ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले अभ्यास केन्द्रित पठनपाठनलाई बढावा दिने क्रममा बिएचटिएमको लागि सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिजसँग सहकार्य गर्न थालेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिजका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विद्यार्थीहरूका लागि भैरहवाको सिद्धार्थ भिलासामा नै सैद्धान्तिक र प्रयोगात्मक कक्षा हुने बताउनुभयो ।

विश्वविद्यालयको नयाँ अभ्यास अन्तरगतको उक्त कोर्समा पहिलो सेमेस्टरमा प्राथमिक, दोस्रो सेमेस्टरमा आधारभूत, तेस्रो सेमेस्टरमा एडभान्स, चौथो सेमेस्टरमा विशेषज्ञता, पाँचौँ सेमेस्टरमा अपरेशन, छैटौँ सेमेस्टरमा व्यवस्थापन तालिम दिने गरी पाठ्यक्रम तय भएको छ । चार वर्षे उक्त कोर्स सक्न ७ लाख फी लाग्ने र त्यसमा ७० प्रतिशत हस्पिटलमै कमाउने व्यवस्थापन पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button