तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालको नयाँ भवनबाट आजदेखि शल्यक्रिया सेवा सुरु

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले आजदेखि नयाँ भवनबाट शल्यक्रिया सेवा सुरु गरेको छ।

अस्पतालको शल्यक्रिया कक्षको उद्घाटन वरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा. अमित जोशीले लाइभ सर्जरी गर्नुभयो । प्रा.डा.जोशी आर्थोस्कोपी कार्यशालामा सहभागी हुन नेपालगन्ज आउनुभएको थियो। सोही अवसरमा अस्पतालको नयाँ शल्यक्रिया कक्षको उद्घाटन गरिएको अस्पतालका प्रमुख चिकित्सा अधिकृत (मेसु) डा.प्रकाशबहादुर थापाले जानकारी दिनुभयो।

प्रा.डा.जोशीले घुँडाको भित्री भागमा चोट लागेका नेपालगञ्जका १८ वर्षीय युवकको शल्यक्रिया गरेर नयाँ कक्षको उद्घाटन गर्नुभयो । उक्त शल्यक्रिया लाइभ प्रसारण गरिएको थियो, जहाँ कार्यशालामा सहभागी आर्थोस्कोपी र अर्थोपेडिक सर्जनहरूसँग उहाँले लाइभ संवाद गर्दै शल्यक्रिया सम्पन्न गर्नुभयो । यस क्रममा सर्जनहरूले प्रा.डा.जोशीसँग शल्यक्रिया सम्बन्धी विभिन्न जिज्ञासाहरू राख्नुभएको भएको थियो । करिब १ घण्टा लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो।

यसअघि पनि भेरी अस्पतालमा लिगामेन्टको शल्यक्रिया भइरहेको भएता पनि अब बिस्तारै नयाँ भवनबाट शल्यक्रिया सेवा सञ्चालन गरिने तयारी भइरहेको मेसु डा.थापाले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button