तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा जिप दुर्घटना, ४ जना घाइते 

डोटी । डोटीमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । आज (शुक्रबार ) बिहान साढे १० बजेको समयमा जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ नाचन्थली अबस्थित जिप दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँ नाचन्थली बस्ने १५ वर्षीय शीतल खड्का, १६ वर्षीय सिर्जना खड्का, १७ वर्षीय पार्वती खड्का र जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ का १८ वर्षीय खेम चयडा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार घाइते शीतल र सिर्जनाको टाउकोमा चोट लागेको छ, भने पार्वतीको दाहिने हात, खुट्टा र टाउकोमा चोट लागेको छ । त्यस्तै खेमको कम्मरमा चोट लागेको र घाइते चारै जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार पुर्वीचौकी ४ साना गाउँ देखी दिपायल तर्फ जाँदै गरेको सोही ठाउँ साना गाउँका २९ वर्षीय अनिल खड्काले चलाएको से १ ज २७१ नम्बरको को जिप ब्रेक फेल भई सडक नालीमा खसेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button