तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा संविधान दिवस भव्यताका साथ मनाईयो

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरि नै संविधान दिवश भव्यताका साथ मनाइएको छ ।

देशमा सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको दिनको स्मरणमा भव्यताका साथ संविधान दिवश मनाइएको हो । दिवसको अवसरमा सदरमुकाम इनरुवामा बिहीबार बिहान शहिदगेट देखी अस्पतालसम्म प्रभातफेरी, सहिदहरूको सालिकमा माल्यार्पण सहित पार्कमा झन्डोत्तोलन गरिएको छ ।

इनरुवा बस चौकको शहिदगोटमा संविधान दिवसको अवसरमा कोशी प्रदेश बन तथा वातावरण मन्त्री सदानन्द मण्डल ,इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रहरी उपरीक्षक विपिन रेग्मी सहितको उपस्थितिमा माल्यार्पण र झन्डोत्तोलन कार्यक्रम सम्पन्न गरिएको छ ।

उता संविधान दिवसको अवसरमा दुहबी नगरपालिकामा झन्डोत्तोलन सहित शुभकामना दिँदै दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम द्वारा दिगो शान्ति,सुशासन,विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्न संविधान सभाबाट पारित ३ असोज २०७२ जारी भएको १० औँ संविधान दिवसको अवसरमा नेपालको संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए । नगर प्रमुख गच्छदारले जनतालाई देखाइएका आश्वासनहरू पुरा गर्न सबै पक्ष लाग्नु पर्ने बताउनुभयो । राजनीति नाफाका लागि नगरिने भएकाले त्यसलाई सेवाकोरुपमा बुझ्नु पर्ने गच्छदारको भनाई रहेको थियो । गच्छदारले परिवर्तनका लागि विगतमा पनि थुप्रे संविधानहरू आएको बताउँदै संविधान देशको मुल कानुन भएकाले यही अनुसार अन्य आवश्यक र विषयगत कानुनहरु निर्माण हुने बताउनुभयो ।

भव्यताका साथ संविधान दिवश मनाएको प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालले जनकारी दिनुभयो । बरालले देशका नागरिकहरूले गरेको त्याग, बलिदानी र संर्घषबाट प्राप्त भएको संविधानलाई संस्थागत विकास र नागरिकलाई पूर्ण प्रत्याभूति गराउन जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी जिल्लाको हरिनगर गाउँपालिकामा बिहीबार प्रभातफेरी गरिएको छ । हरिनगर गाउँपालिकाको आयोजनामा हरिनगर बजारमा प्रभावतफेरी निकालिएको हो । कोशी प्रदेश सभा सदस्य माननीय हाजी इस्राइल मन्सुरीले हरिनगर गाउँपालिकाको कार्यालय परिसर भित्र राष्ट्रिय झणडातोलन गरि संविधान दिवस – २०८१ को समुद्घाटन गर्नुभएको थियो । प्रभातफेरी पछि कोण सभा समेत गरिएको गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँले जानकारी दिनुभयो ।

कोणसभामा गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँ, उपाध्यक्ष रिमझिम भगत, वडा अध्यक्षहरू लगायतकाले संविधान दिवशकोे बारेमा बोल्नुभएको थियो । यसैगरी वराहक्षेत्र नगरपालिकाले विभिन्न जातिका मौलिक, सांस्कृतिक प्रस्तुति सहित झाँकी सहितको प्रभात फेरी कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइएको छ ।

बिहीबार नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा ब्यानर तथा सांस्कृतिक झाँकी सहित प्रभात फेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । यसैगरि बर्जु गाउँपालिकामा पनि प्रभातफेरी निकाली विभिन्न स्थानमा वृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष जिबक्ष रायले जानकारी दिनुभयो यसैक्रममा भोक्राहा नरसिंह गाउँपालिकाले एक भव्य समारोह बिच संविधान दिवस अवसरमा प्रभात फेरी तथा झन्डोत्तोलन कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँले जानकारी दिनुभयो ।

त्यसैगरी गढी गाउँपालिकामा समेत संविधान दिवसको अवसरमा विशेष कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले जानकारी दिनुभयो । प्रशासकीय अधिकृत दिल बहादुर खड्काले संविधानका बारेमा बोल्दै यसको संस्थागत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button