तपाईँ सुन्दै हुनुहुन्छः

सरोकार समिति बैठक: कालो बजारी, कृत्रिम अभाव विषयमा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले नियमित बजार अनुगमन गर्न गराउन र सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको सञ्चालन समय अवधि र क्षेत्रगत दायरा विस्तार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था गरी कृत्रिम अभाव र कालो बजारी रोक्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसैगरी बैठकले प्रत्येक पसलमा मुल्यसुची अनिवार्य राख्ने व्यवस्था गर्न अन्तर मन्त्रालय र तीनै तहका सरकारबिच समन्वय र सहकार्य गर्दै बजार अनुगमन प्रभावकारी रुपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
बैठकमा समितिका सदस्यहरुले कालो बजारी, कृत्रिम अभाव र चाडपर्व सुरु हुन लागेकाले अस्वभाविक मूल्य वृद्धि सुरु भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button