सभामुख घिमिरेको टोली आज स्वदेश फर्कदै
काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज बिहान स्वदेश फर्किदैछ ।
१ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौं आइपुग्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराउने सभामुख घिमिरेका प्रेस संयोजक शेखर अघिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्