तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली स्थित नेपाल–भारत सिमानाका तीन दिनका लागी बन्द

धनगढी । कैलाली स्थित नेपाल-भारत सिमानाका तिन दिनका लागी बन्द गरिएको छ ।

छिमेकी राष्ट्र भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै कैलाली स्थित नेपाल(भारत सिमानाका बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ । कैलालीका सम्पूर्ण सिमानाका तिन दिनका लागी बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

दुवै देशका सुरक्षा अधिकारीको बैठकले नेपाल(भारत सिमानाका बन्द गर्ने निर्णय बमोजिम गए राती देखी लागु हुने गरि वैशाख ३१ गते बेलुकी सम्मका लागी धनगढी-गौरीफन्टा, खक्रौला सहित जिल्लाका सबै नाका बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

कैलालीसँग नाका जोडिएको भारतको खिरी जिल्लामा वैशाख ३१ गते लोकसभा निर्वाचन हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button