भरुवा बन्दुकसहित एक पक्राउ
बाँके । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले डुडुवा गाउँपालिका वडा नम्बर ६, सिखनपूर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
मादक पदार्थ सेवन गरि घरपरिवार तथा छिमेकीलाई बन्दुक देखाई डरत्रास देखाएको खबर पाएपछि पुगेको प्रहरीले राहुललाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । प्रहरीले राहुललाई शनिबार रातीदेखि नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया राख्नुहोस्