प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन
दाङ । सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारी रूपमा सेवा प्रवाह गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
सभामुख महराले जिल्ला प्रशासन कार्यालय दाङमा आज कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्नुहुदै जनताका कामलाई द्रुत गतिमा सम्पन्न गर्न र विकास निर्माणका कामलाई तीव्र गति दिन निर्देशन दिनुभयो ।
सभामुख महराले कर्मचारी मानसिकताबाट माथि उठेर उत्कृष्ट सेवा प्रवाह गर्न आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्