तपाईँ सुन्दै हुनुहुन्छः

डा.सन्दुक रुइत ‘जगदीश घिमिरे स्मृति पुरस्कार’बाट सम्मानित

रामेछाप । आँखाको क्षेत्रमा छुट्टै पहिचान बनाएका बरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइत ‘जगदीश घिमिरे स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

स्वर्गीय घिमिरेको गुहनगर रामेछापको सदरमुकाम मन्थलीमा आज आयोजित कार्यक्रममा डा.रुइतलाई मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले ५१ हजार नगद र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।

जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा डा. रुइतले स्वर्गीय घिमिरेको अगुवाईमा स्थापना भएको तिलगंगा आंँखा केन्द्रले नेपालको सन्दर्भमा छुट्टै पहिचान बनाउन सफल भएको भन्दै केन्द्रका कामका कारण आम नागरिक लाभान्वित हुनुका साथै केन्द्रले सर्वसाधारण नागरिकको मन जित्न सफल भएको बताउनुभयो ।

सो अवसरमा रुहितले स्वर्गिय घिमिरेले समाज सेवामा देखाएको बाटो आफुहरुका लागि पनि पे्ररणाको पथ भएको भन्दै घिमिरेको योगदानको राज्यले कदर गर्न सक्नु पर्ने बताउनुभयो ।

जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गीय जगदीश घिमिरेको श्रीमती दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले जगदिस घिमिरेले जिल्लाको बिकासमा गरेको योगदानको नगरले उच्च मुल्याँकन गरेका भन्दै नगरपालिका घिमिरेको नाममा संग्रालय स्थापना गर्न लागेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button