प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको छ : मन्त्री साउद
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
आज कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउँदले भारत भ्रमणसँग सम्बन्धित एजेन्डाहरू माथि छलफल भइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालको नेतृत्वमा निकट भविष्यमै भारत भ्रमण हुने बताइए पनि त्यसको मिति भने नेपाल र भारतको आपसी समझदारीमा निर्धारण गरिने उहाँले बताउनुभयो ।
मन्त्री साउदले भारत र चीनसँग जोडिएका सीमा क्षेत्रहरूमा देखिएका समस्याहरूलाई वार्ता, छलफल र कूटनीतिक पहलबाट समाधान गर्ने नेपाल सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।
यही वैशाख ३ गते परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुग्नुभएका साउदले नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूसँग समेत भेटघाट गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्