बैंक ह्याकिङ्ग प्रकरणः एक करोड लिएर भागेका अर्का एजेन्ट पक्राउ
काठमाडौँ । विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् ।
बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको आरोप लागेका मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिनुभयो ।
ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकीमूलका पिटरले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
उक्त घटनामा संलग्नमध्ये अहिलेसम्म १९ जना पक्राउ परे पनि अझै १५ जना भन्दाबढी फरार रहेको थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्